दफा ३०
दण्ड सजाय
: (१) संस्थानको वा संस्थानमा रहेको कुनै कागजातमा कसैले जानी जानी झुठ्ठा व्यहोरा पारेमा वा पार्न लगाएमा वा किर्ते गरे गराएमा निजलाई बढीमा दुई वर्षसम्म कैद वा दुई हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
(२) कसैले दफा २२ अन्तर्गत नियुक्त भएको निरीक्षक वा दफा २७ अन्तर्गत नियुक्त भएको लेखापरीक्षकलाई निजको कामकाजमा बाधा पु¥याएमा वा त्यस्तो निरीक्षक वा लेखापरीक्षकले कानून बमोजिम मागेको कागजपत्र वा सूचना कुनै मुनासिव कारण बिना नदिएमा वा दिन लापरवाही गरेमा निजलाई बढीमा एक हजार रूपैयाँसम्म जरिवाना हुनेछ ।
(३) कसैले संस्थानको लिखित स्वीकृत नलिई कुनै विवरणपत्र वा विज्ञापनमा संस्थानको नाम प्रयोग गरेमा निजलाई बढीमा छ महिनासम्म कैद वा एक हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
(४) तत्काल सञ्चालक वा म्यानेजिंग डाइरेक्टर भएको कुनै व्यक्तिले दफा १६ उल्लंघन गरी संस्थानसित हुने लिखित ठेक्कामा हिस्सेदार भई सो दफा बमोजिम जाहेर गर्नु पर्ने नगरी सो हैसियतबाट कुनै अनुचित फाइदा उठाएको वा उठाउन उद्योग गरेमा निजलाई बढीमा दुई वर्षसम्म कैद वा पाँच हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।